एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टकाे नाफा ५ करोड ७१ लाख

-



     सफल आवाज    
     वैशाख २६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २६ वैशाख । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकाे खुद नाफा धनात्मक भएकाे छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड ७१ लाख रुपैयाँ नाफा गरेकाे छ।

कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गएकाे वर्षको साेहि अवधिकाेभन्दा खुद नाफा यस आर्थिक वर्षको धनात्मक भएको हाे । गएकाे वर्ष ऋणात्मक रहेको थियाे ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ६७ हजार रुपैयाँ ऋणात्मक रहेको थियो।

वित्तीय सम्पत्तीको फेयर भ्यालु परिवर्तनमा नाफा भएकाे कारण कम्पनीले नाफा गरेकाे हाे । तर आम्दानी भने घटेकाे छ । वित्तीय आम्दानी ३७.१६ प्रतिशतले तथा कुल आम्दानी ३६ प्रतिशतले घटेको छ। कम्पनीको कुल खर्च २९.७५ प्रतिशतले बढेको छ।

गएकाे वर्षकाे पहिलो ९ महिनामा ३ करोड २७ लाख रुपैयाँ नोक्सानी रहेकाेमा चालु आर्थिक वर्षको सोही अवधिमा ५ करोड ७१ लाख रुपैयाँ नाफा देखिएकाे छ।

प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८ पैसा रहेको छ । नेटवर्थ १४७ रुपैयाँ ६३ पैसा रहेकाे छ । यसकाे मूल्य आम्दानी रेसियाे ८४.८९ गुणा रहेको छ। कम्पनीकाे चुक्ता पुँजी रूपैयाँ १ अर्ब २२ करोड रहेकाे छ । सञ्चित आम्दानी रूपैयाँ १० करोड ४१ लाख रहेको छ।