बुधबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

-



     सफल आवाज    
     वैशाख २६ गते २०८१ मा प्रकाशित



काठमाडौं, २६ वैशाख । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन र चाँदीको भाउमा परिवर्तन नभई मंगलबारकै भाउमा खरिदबिक्री भईरहेको जनाएको छ ।

छापावाल सुन तोलाको १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार पनि छापावाल सुन तोलाको १ लाख ३६ हजार ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि तेजाबी सुन तोलाको १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउ पनि स्थिर रहेर तोलाको १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।