नेप्सेमा झिनो अंकको गिरावट, साढे २ अर्बको कारोबार

-



     सफल आवाज    
     वैशाख २६ गते २०८१ मा प्रकाशित



काठमाडौं, २६ वैशाख । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपालीप् सेयर बजारमा झिनो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.६० विन्दुमा झरेको छ । नेप्सेमा ०.०१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेर ३४९.४० विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी रहेका ९ वटामा रातो लागेको छ । यसदिन ३०५ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ५८ लाख ७४ जहार ९६७ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ५४ करोड ७० लाख ३० हजार ८२५ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी फष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार भएको छ । कम्पनीको १० करोड ६० लाख २८ हजार ७८१ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै इन्फिनिटि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कुमारी सबल योजनाको सेयरमूल्य घटेको छ । सो योजनाको सेयरमूल्य १० प्रतिशतले घटेको हो ।