हाथवे इन्भेष्टमेन्टकाे आम्दानी १०४.६४ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     वैशाख २७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २७ वैशाख । हाथवे इन्भेष्टमेन्ट नेपालकाे आम्दानी १०४.६४ प्रतिशतले बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार साे आम्दानी बढेको हाे ।

यस आर्थिक वर्षको चैतम्म कम्पनीले सञ्चालन रूपैयाँ २३ करोड ३९ लाख आम्दानी गरेकाे छ। यो आम्दानी गएकाे वर्षको सोही अवधिकोभन्दा १०४.६४ प्रतिशतले बढी हो। गएकाेमा वर्ष सोही अवधिमा आम्दानी रूपैयाँ ११ करोड ४३ लाख रहेकाे थियो।

आम्दानी बढेपछि कम्पनी नाफामा गएकाे छ। गएकाे वर्ष रूपैयाँ १ करोड २२ लाख ऋणात्मक रहेकोमा यसपटक रूपैयाँ ७ करोड ५० लाख धनात्मक छ। कुल आम्दानी ८९.२० प्रतिशत बढेको छ । कुल खर्च १२.४३ प्रतिशतले घटेको छ।

प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८९ पैसा रहेकाे छ । नेटवर्थ ७७ रुपैयाँ ६२ पैसा तथा मूल्य आम्दानी रेसियाे २२२.०३ गुणा छ। कम्पनीकाे चुक्ता पुँजी रूपैयाँ १ अर्ब २८ करोड ७० लाख रहेकाे छ । रिटेन्ड अर्निङ्ग रूपैयाँ ३६ करोड ३२ लाख रहेको छ।