तारागाउँ रिजेन्सी होटल्सकाे नाफा १ अर्ब ९६ लाख

-



     सफल आवाज    
     वैशाख २७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २७ वैशाख । तारागाउँ रिजेन्सी होटल्सकाे नाफामा उल्लेखनीय रूपमा बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार होटलको सञ्चालन आम्दानी १ अर्ब ९६ लाख रहेकाे छ।

हाेटलकाे याे आम्दानी यो गएकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा ११.४२ प्रतिशतले बढी हो। गएकाे वर्षको सोही अवधिकाे आम्दानी रूपैयाँ ९० करोड ६१ लाख रहेकाे थियो। होटलको आम्दानी बगेसंगै खुद नाफा पनि बृद्धि भएकाे छ।

होटलकाे खुद नाफा रूपैयाँ ३३ करोड ३२ लाख रहेकाे छ। जाे गएकाे वर्षको सोही अवधिकोभन्दा ३९.५४ प्रतिशतले धेरै हो। गएकाे वर्षमा रूपैयाँ २३ करोड ८८ लाख रहेकाे थियो। यस अवधिमा अन्य आम्दानी १९.१२ प्रतिशतले तथा कुल आम्दानी १२.२५ प्रतिशतले बढेको छ।

प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७७ पैसा बढेर २२ रुपैयाँ ६५ पैसा कायम भएकाे छ। नेटवर्थ १३७ रुपैयाँ १९ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे ३५.०३ गुणा छ।