सुनकाे भाउ ताेलामा ८ सयले घट्याे, चाँदीको बढ्यो

-



     सफल आवाज    
     वैशाख २७ गते २०८१ मा प्रकाशित



काठमाडौं, २७ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । छापावाल सुनमा रुपैयाँ ८ सयले घटेको छ भने चाँदीमा रुपैयाँ १० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको तोलाको १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।