नेप्सेमा ५.६३ अंकको बृद्धि, ३ अर्ब १२ करोडको कारोबार

-



     सफल आवाज    
     वैशाख २७ गते २०८१ मा प्रकाशित



काठमाडौं, २७ वैशाख । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । यसले लगानीकर्ताहरुको मनोबल बढाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.१९ अंकले बढेर ३५०.६० विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी १० वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन कुल ३१३ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ७० लाख ५८ हजार ३९९ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२ रुपैयाँ ५९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोबार भएको छ । फाइनान्सको १६ करोड ९७ लाख १६ हजार ४१८ रुपैयाँ ७० पैसा बराबरको काराबार भएको छ ।

सबैभन्दा धेरै वरियन्टल होटल लिमिटेडको सेयरमूल्य बढेको छ । सो होटदको सेयरमूल्य ८.४६ प्रतिशतले बढेको छ । सबैभन्दा बढी कुमारी सबल योजनाको सेयरमूल्य घटेको छ । सो योजनाको सेयरमूल्य ८.४८ प्रतिशतले घटेको छ ।