कोशी प्रदेश : नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ

-



     सफल आवाज    
     वैशाख २७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २७ वैशाख । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज शपथ लिएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम आजै मुख्यमन्त्रीमा नियुक्त भएका उनले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

कार्कीले सानो आकारको मन्त्रिपरिषद बनाएका छन्। एमालेका उपनेता रामबहादुर राना र नेकपा माओवादी केन्द्रका गणेश उप्रेती ‘सुशील’ले पनि मन्त्रीकाे सपथ लिएका छन्। तत्काल उनीहरूलाई कुनै मन्त्रालय दिइएकाे छैन ।

प्रदेश प्रमुख खापुङ्गले बुधबार सरकार गठनकाे आह्वान गरेका थिए। एमालेका संसदीय दलका नेता कार्कीले एमाले र माओवादीका ५२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका थिए ।

यसैबीच, निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई कुनै काम कारबाही गर्न गराउन नदिन माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन्।