सानिमा रिलायन्स लाइफको नाफा ९२.९४ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     वैशाख २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ वैशाख । सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सले ९२.९४ प्रतिशत नाफा कमाउन सफल भएकाे छ ।

कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार कम्पनीले रुपैयाँ ३० करोड ४८ लाख खुद नाफा गरेकाे हाे ।

कम्पनीले कमाएकाे यो नाफा गएकाे वर्षको तुलनामा ९२.९४ प्रतिशतले बढी रहेकाे छ । गएकाे वर्ष कम्पनीकाे नाफा रुपैयाँ १५ करोड ७९ लाख रहेकाे थियो । 

खुद बिमा शुल्क ११७.०८ प्रतिशतले बढेकाे छ । यसरी बढेर रुपैयाँ ४ अर्ब १ करोड भएकाे छ । लगानी र कर्जा आम्दानी १४२.७२ प्रतिशतले बढेर रुपैयाँ १ अर्ब १२ करोड भएकाे छ । यसैकाे सहयाेगकाे कारण नाफामा सुधार देखिएकाे हो । बिमा कोषमा रुपैयाँ १३ अर्ब ५५ करोड ब९ी रहेकाे छ । 

इन्स्याेरेन्सकाे चुक्ता पुँजी रुपैयाँ ४ अर्ब १८ करोड ४० लाख रहेको छ । रिटेन्ड अर्निङ रुपैयाँ ९९ करोड ७२ लाख रहेकाे छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ०३ पैसाले बढेर ९ रुपैयाँ ७१ पैसा पुगेकाे छ । प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९९ पैसा रहेकाे छ ।