शुक्रबार अमेरिकी डलर र यूरोको भाउ घट्याे

-



     सफल आवाज    
     वैशाख २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको घटेको छ । साथै यूरो लगायत अन्यको भाउ पनि घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३१ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ९१ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४३ रुपैयाँ ४ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ६९ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६६ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय ६६ रुपैयाँ ८३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ २१ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ११ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ २६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७० पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूची