सुन तोलामा रु २३ सयले बृद्धि, चाँदी पनि बढ्यो

-



     सफल आवाज    
     वैशाख २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ वैशाख । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसयाी महासंघले छापावाल सुनमा रुपैयाँ रुपैयाँ २ हजार ३ सय तथा चाँदीमा रुपैयाँ ५० ले भाउ बढेको जनाएको छ ।

छापावाल सुनमा एकैदिन २ हजार ३ सय रुपैयाँ बढेर तोलाको १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ हजार ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५० ले बढेर तोलाको १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।