प्रभु इन्स्याेरेन्सकाे नाफामा बृद्धि, इपीएस कति ?

-



     सफल आवाज    
     वैशाख २८ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २८ वैशाख । प्रभु इन्स्याेरेन्सकाे नाफामा बृद्धि भएकाे छ । इन्स्याेरेन्सकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार कम्पनीकाे नाफामा २३७.१८ प्रतिशतले बृद्धि भएकाे छ ।

कम्पनीले यस आर्थिक वर्ष रूपैयाँ ३९ करोड १४ लाख खुद नाफा गरेकाे छ । गत आर्थिक वर्षको साेहि अवधिमा कम्पनीकाे नाफा रूपैयाँ ११ करोड ६१ लाख रहेकाे थियाे । याे नाफा २३७.१८ प्रतिशतले बढेकाे हो।

इन्स्योरेन्सको नाफा बढ्नुमा लगानी र कर्जा सापट आम्दानी तथा खुद बिमा शुल्क आम्दानी बढेकाे कारण नाफा बढ्नमा सघाउ पुगे हो। खुद बिमा शुल्ककाे आम्दानी २१.५४ प्रतिशतले बढेकाे छ । यसरी बढेकाे रकम ४६ करोड ४३ लाख रहेकाे छ । गएकाे वर्षमा कम्पनीकाे यस्तो आम्दानी रूपैयाँ ३८ करोड २० लाख रहेकाे थियो।

लगानी तथा कर्जाबाट रूपैयाँ ११ करोड ६३ लाख रुपैयाँ कमाइ भएको छ। गएकाे वर्ष याे रकम ७ करोड ८४ लाख थियाे। जाे एकाे वर्षकोभन्दा ४८.३० प्रतिशतले बढी रहेकाे छ ।

कम्पनीकाे चुक्ता पुँजी रूपैयाँ १ अर्ब ३७ करोड रहेकाे छ । रिटेन अर्निङमा रूपैयाँ १० करोड ३४ लाख रहेकाे छ। इपीएस अर्थात प्रतिशेयर आम्दानी ११ रुपैयाँ २५ पैसाबाट बढेर ३७ रुपैयाँ ९३ रुपैयाँ कायम भएकाे छ । नेटवर्थ २२४ रुपैयाँ ६७ पैसा रहेकाे छ भने मूल्य आम्दानी रेसियाे २०.९६ गुणा छ।