माउन्टेन इनर्जीकाे नाफामा १७.३५ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     वैशाख २८ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २८ वैशाख । माउन्टेन इनर्जीले चालु आर्थिक वर्षमा नाफा कमाउन सफल भएकाे छ । कम्पनीकाे सार्वजिनक भएकाे तेस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार कम्पनीकाे नाफामा १७.३५ प्रतिशतले बृद्धि भएकाे छ ।

चालु आर्थिक वर्षमा कम्पनीले रूपैयाँ ३० करोड ९१ लाख खुद नाफा गरेकाे छ । यस्ताे नाफा गएकाे वर्षको तेस्रो त्रैमाससम्म रूपैयाँ २६ करोड ३४ लाख रहेकाे थियाे । जाे गएकाे वर्षकोभन्दा १७.३५ प्रतिशतले बढी हो ।

कम्पनीका अनुसार विद्युत बिक्रीबाट हुने आम्दानी बढेकाे छ । साे अवधिमा खर्चमा कटाैती गरेकाे कारण नाफामा सुधार देखिएकाे हाे । कम्पनीकाे वित्तीय विवरणमा विद्युत बिक्री बढेकाेले रूपैयाँ ८६ करोड २५ लाखबाट बढेर रूपैयाँ ८७ करोड १ लाख आम्दानी भएकाे छ ।

कम्पनीको वित्तीय खर्च खटेको छ। वित्तीय खर्च रूपैयाँ २१ करोड ९१ लाखबाट घटेर २० करोड ७८ लाख रुपैयाँमा आएकाे छ। प्रशासनिक खर्चमा भने बृद्धि भएकाे छ ।

अहिले कम्पनीको चुक्ता पुँजी रूपैयाँ २ अर्ब २६ करोड रहेकाे छ । रिटेन्ड अर्निङमा रूपैयाँ १ अर्ब १७ करोड रहेको छ। इपीएस अर्थात प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६६ पैसा रहेकाे छ । नेटवर्थ १५१ रुपैयाँ ७२ पैसा रहेकाेमा मूल्य आम्दानी रेसियाे ३७.७० गुणा रहेकाे छ।