शिवम् सिमेन्टकाे बिक्री आम्दानी बढ्दा किन घट्याे खुद नाफा ?

-



     सफल आवाज    
     वैशाख २९ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २९ वैशाख । शिवम् सिमेन्ट लिमिटेडकाे बिक्री आम्दानी बढेकाे छ । तर खद नाफा भने घटेकाे छ । कम्पनीकाे हालै सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको बिक्री आम्दानी गएकाे वर्षको सोही अवधिकोभन्दा बढेको हाे ।

यस आर्थिक वर्षको तेश्राे त्रैमासमा कम्पनीले रूपैयाँ ५ अर्ब ९९ करोड बिक्री आम्दानी गरेको देखिएकाे छ। जाे गएकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा ९.८९ प्रतिशतले धेरै हो। गएकाे वर्ष सोही अवधिमा साे आम्दानी रूपैयाँ ५ अर्ब ४५ करोड थियाे ।

चैत मसान्तसम्म कम्पनीकाे खुद नाफा रूपैयाँ २० करोड ४२ लाख रहेकाे छ। यो गएकाे वर्षको सोही अवधिकोभन्दा ६१.९४ प्रतिशतले धेरै हो। कुल नाफा २३.६४ प्रतिशतले घटेको छ । अन्य आम्दानी ४९.०१ प्रतिशतले र कुल खर्च ६.८४ प्रतिशतले घटेको छ।

इपीएस अर्थात प्रतिशेयर आम्दानी घटेको छ। इपीइस आम्दानी १० रुपैयाँ ८५ पैसा घटेर ५ रुपैयाँ ४२ पैसा कायम भएकाे छ। प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ७३ पैसा रहेको छ । मूल्य आम्दानी रसियाे ९४.४६ गुणा छ।

कम्पनीको चुक्ता पुँजी रूपैयाँ ५ अर्ब २ करोड ७० लाख छ भने जगेडा कोषमा रूपैयाँ ४ अर्ब ४३ करोड ३४ लाख रहेकाे छ ।