घर जग्गा व्यवसायलाई मर्यादित बनाउनुपर्छ: अध्यक्ष लोहनी

-

-



     सफल आवाज    
     वैशाख २९ गते २०८१ मा प्रकाशित



पोखरा, २९ वैशाख । नेपाल जग्गा तथा आवास विकास व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भेषराज लोहनीले जग्गा तथा आवास व्यवसायलाई मर्यादित बनाउन नीतिगत सुधारको खाँचो भएको बताएका छन् ।

जग्गा तथा अवास विकासको व्यवसाय अति महतवपूर्ण र राज्यको शहरी विकास आयोजनाहरुका लागि नभई नहुने शसक्त अंगको रुपमा रहेकोले यसलाई हेयको दृष्टिले हेर्न नहुने बताए ।

गण्डकी जग्गा तथा आवास विकास व्यवसायी संघको २० औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै प्रमुख अतिथि लोहनीले सो कुरा बताएका हुन् ।

विदेशमा रियल स्टेटलाई महत्वपूर्ण अंगको रुपमा दिईने गरेको र यो एक मर्यादित पेशाका रुपमा दर्ज भएको बताउँदै नेपाल यसलाई सम्मानित बनाउन उपयुक्त ऐन, नियमको खाँचो, व्यवसायीको कार्यकुशता र सेवाग्राहीको असल साझेदारी हुन आवश्यक भएको बताए ।

वर्षमा ५, ७ लाख सम्पतीको खरिदबिक्री हुने र यसबाट १२, १५ खर्बको कारोबार हुन्छ । तर यसलाई व्यवस्थित गर्न जरुरी छ ।
नेपालका नगर योजनाहरु व्यवस्थित छैनन् । व्यवस्थित शहर नबनेपछि त्यो बाह्य वा आन्तरिकरुपमै पनि राम्रो देखिन्न । उनले भने यसका लागि दक्ष, प्रतिबद्ध व्यवसायी र समुचित लगानीको खाँचो हुन्छ । हामी सबैको एकता र सझोदारीले राम्रो गर्न सकिन्छ ।

लोहनीले घर जग्गाको कारोबारमा कडाई गरेपछि अहिले अर्थतन्त्रमा समस्या देखिएको र यसको समाधान नभएको बताए । सोहि अवसरमा उनले माओवादीको जनयुद्धको कारण शहरिकरणमा चाप बढेको र त्यसको असर देखा परोके बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, संघका पूर्व अध्यक्ष यदुनाथ अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, अध्यक्ष अरुण स्तोम त्रिपाठी, निवर्तमान अध्यक्ष अर्जुन पोखरेल लगायतले संस्थागत विकासका लागि सबैको एकता आवश्यक भएको बताए ।

यसअघि कार्यक्रममा सहभागिहरुलाई संघका उपाध्यक्ष नवराज पौडेलले स्वागत गरेका थिए । अध्यक्ष त्रिपाठीले वार्षिक प्रतिवेदन, सचिव कमल बहादुर बस्नेतको प्रतिवेदन र कोषाध्यक्ष लेखराज हमालले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।

सोहि अवसरमा आजिवन सदस्यता वितरण गरिएको थियो भने निवर्तमान अध्यक्ष अर्जुन पोखरेलको कार्यकालको उच्च मूल्यांकन गर्दै प्रमुख अतिथि लोहनीले सम्मान गरेका थिए । सचिव बस्नेतले संचालन गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष त्रिपाठीले गरेका थिए ।

घनश्याम शर्माकाे अध्यक्षतामा नयाँ समिति चयन

गण्डकी जग्गा तथा आवास विकास व्यवसायी संघको पाँचौ अधिवेशनबाट अध्यक्षमा घनश्याम शर्मा चयन भएका छन । उपाध्यक्षमा लेखराज हमाल, महासचिवमा कमल बस्नेत, सचिवमा रमेश वराल, काेषाध्यक्षमा शिवप्रसाद न्याैपाने रहेका छन् ।

सदस्यहरूमा खुम बहादुर थापा, रबिन बहादुर केसी, कमला गिरी, नरेश पाेखरेल, मधु गुरूङ, इन्द्रप्रसाद त्रिपाठी, संकल्प बसेल र साेभित पाैडेल रहेका निवर्तमान अध्यक्ष अरूण स्ताेम त्रिपाठीले बताए ।