आज अमेरिकी डलर र यूराेको भाउ स्थिर

-



     सफल आवाज    
     वैशाख ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरो लगायत अन्यको भाउ पनि स्थिर रहेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३१ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ९१ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ३० पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६७ रुपैयाँ र बिक्रीदर १ सय ६७ रुपैयाँ ७५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ६३ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९३ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूची