सुन तोलामा रु ५ सयले बृद्धि, चाँदीमा गिरावट

-



     सफल आवाज    
     वैशाख ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० वैशाख । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ ५ सयले बढेको जानकारी दिएकाे छ । चाँदीमा भने रुपैयाँ १० ले घटेको छ ।

छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ १० ले घटेर तोलाको १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।