नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ६० करोड ३० लाख

-



     सफल आवाज    
     वैशाख ३० गते २०८१ मा प्रकाशित



काठमाडाैं, ३० बैशाख। नेपाल लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्म ६० करोड ३० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको साेही अवधिमा कम्पनीले ४९ करोड १२ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो।    

तेस्रो त्रैमाससम्म कम्पनीले २९ अर्ब १२ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको रिपाेर्टमा उल्लेख छ । यस्तै, समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १० अर्ब ९३ करोड १६ लाख,अन्य प्रत्यक्ष आम्दानीबाट ३४ करोड १३ लाख, बीमितलाई प्रदान गरिएको कर्जाबाट १० अर्ब ९३ करोड र २ करोड ४४ लाख बराबरको अन्य आम्दानीहरू गरेको जनाएकाे छ ।  

कम्पनीले यस अवधिमा  ३९ अर्ब ७० करोड ८८ लाख बराबरको कुल खर्च गरेको छ। कम्पनीको महाविपत्ती कोषको आकार १ अर्ब ११ करोड रुपैयाँबराबर रहेको छ । रिटेन्ड अर्निङ कोषमा २ अर्ब ९० करोड रुपैयाँ सञ्चित गरेको कम्पनीले सेयर प्रिमियम शीर्षकमा ४ करोड ३८ लाख रुपैयाँ छुट्टाइएको उल्लेख छ । समीक्षा अवधिमा कम्पनीले ३६ अर्ब ९ करोड ७५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी समेत बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ८ रुपैयाँ रहेको ईपीएस बढेर ९.८ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४८.६५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४९३ रुपैयाँ र पीई अनुपात ६१.२३ गुणा कायम भएको नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्रकाशित रिपाेर्टमा उल्लेख गरिएकाे छ ।