प्रि ओपन सेसन : नेप्सेमा ७.५५ अंककाे बृद्धि

-



     सफल आवाज    
     वैशाख ३० गते २०८१ मा प्रकाशित



काठमाडाैं, ३० वैशाख । साताको सेयर काराेबार हुने आज आइतबार पहिलाे दिन हाे । नेपाल स्टक एक्सचेन्ज नेप्सेकाे प्रि ओपन सेसनमा सकारात्मक माहाेल देखिएकाे छ । यस सेसनमा नेप्से परिसूचक ७.५५ अंकले बढेको छ।

यसअघि बिहिबार नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ विन्दुमा उक्लिएकाे थियाे । आजकाे नेप्सेकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.५५ अंकले बढेर १९७३.७८ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स १.६९ अंकले बढेको छ।

आजकाे प्रि ओपन सेसनमा ५१ वटा कम्पनीहरूकाे सेयर काराेबार भएकाे छ । उनीहरूकाे १२ हजार ७१० कित्ता सेयरकाे खिरदबिक्ररीबाट रूपैयाँ २ करोड ५ लाख २६ हजार ९२७ रुपैयाँ २० पैसा बराबरको काराेबार भएकाे छ ।

यस सेसनमा ३३ वटा कम्पनीहरूकाे सेयरमूल्य बढेको छ । १४ वटा कम्पनीहरूकाे सेयरमूल्य घटेको छ। बाँकी ४ वटाकाे मूल्य स्थिर रहेको नेप्सेले जनाएकाे छ।