साहस उर्जाकाे आम्दानी २ अर्ब बढी, नाफा कति ?

-



     सफल आवाज    
     वैशाख ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० वैशाख । साहस उर्जा लिमिटेडकाे विद्युत बिक्रीबाट भएकाे आम्दानी २ अर्ब २ करोड ५२ लाख रहेकाे छ । कम्पनीले यस आर्थिक वर्षमा करिब ४८ कराेड नाफा कमाउन सफल भएकाे छ ।

कम्पनीकाे सार्वजनिक भएकाे तेस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार कम्पनीले रूपैयाँ ४७ करोड ८१ लाख खुद नाफा कमाएको हाे । जाे गएकाे वर्षको साेहि अवधिकोभन्दा ८०.३७ प्रतिशतले बढी हो ।

कम्वपनीले गएकाे वर्ष रूपैयाँ २६ करोड ५१ लाख नाफा कमाएको थियो । विवरण अनुसार विद्युत बिक्रीबाट भएकाे आम्दानी रूपैयाँ २१ करोड ८० लाखबाट बढेर रूपैयाँ २ अर्ब २ करोड ५२ लाख रहेकाे छ । 

कम्पनीकाे विद्युत बिक्रीमा भएकाे आम्दानीसंगै नाफामा पनि बृद्धि भएकाे हाे । विवरणका अनुसार वित्तीय खर्च रूपैयाँ ९१ करोड ६८ लाख रहेको छ । प्रशासनिक खर्च रूपैयाँ ७ करोड १७ लाख रुपैयाँ रहेकाे छ ।

कम्पनीकाे चुक्ता पुँजी रूपैयाँ ३ अर्ब ५० करोड रहेको छ । जगेडामा रूपैयाँ २ अर्ब ६२ करोड ३४ लाख रहेकाे छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ २२ पैसा रहेकाे छ भने नेटवर्थ १७५ रुपैयाँ ११ पैसा रहेकाे छ ।