नेप्सेमा ८.२६ अंकको बृद्धि, ३ अर्ब १५ करोडको कारोबार

-



     सफल आवाज    
     वैशाख ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० वैशख । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । यसले लगानीकर्ताहरुमा पनि सकारात्मक उर्जा थपिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.२१ अंकले बढेर ३५०.८२ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी रहेका १० वटामा हरियो लागेको छ । कुल ३१३ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ७८ लाख ५७ हजार ३१ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रुपैयाँ ४३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै सांग्रिला डेभलपमेन्ट बैंकको कारोबार भएको छ । बैंकको १० करोड ५० लाख ६० हजार ७०१ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सिर्जनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ५.४४ प्रतिशतले घटेको नेप्सेले जनाएकाे छ ।