विकल पौडेलविरुद्ध पाैने ४१ करोड भ्रष्टाचार गरेकाे भन्दै तेश्राे मुद्दा दायर

-



     सफल आवाज    
     वैशाख ३० गते २०८१ मा प्रकाशित



काठमाडाैं, ३० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध ४० करोड ८५ लाख भ्रष्टाचार गरेकाे भन्दै मुद्दा दायर गरेको छ ।

पौडेल सुरक्षण मुद्रण केन्द्रमा हुँदका बखत भ्रष्टाचार गरेकाे आराेपमा यसअघि दुइवटा मुद्धा दयार भइसकेका छन् भने याे पटक दायर भएकाे तेश्राे मुद्धा हाे ।

सुरक्षण मुद्रण केन्द्रकाे उपकरण खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै पौडेलसहित ३ जनाविरुद्ध मुद्दा दायर गरिएकाे हाे । उनीहरूमाथि ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

अख्तियारले पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका मेकानिकल सीडीई नविन कुमार पोखरेल विरुद्ध भ्रष्टाचार गरेकाे आराेपमा मुद्दा दायर गरेको हो ।