नेपाल टेलिकमकाे नाफा ३.३६ प्रतिशतले बढ्याे

-



     सफल आवाज    
     वैशाख ३१ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ३१ वैशाख । नेपाल टेलिकमकाे नाफा भने बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गएकाे वर्षको सोही अवधिको भन्दा बढेको देखिएकाे छ।

कम्पनीले यस आर्थिक वर्षको पहिलो ९ महिनामा रूपैयाँ ५ अर्ब ५९ करोड ३७ लाख खुद नाफा गरेकाे छ। यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा ३.३६ प्रतिशतले धेरै हाे। गएकाे वर्ष साेहि अवधिमा खुद नाफा रूपैयाँ ५ अर्ब ४१ करोड रुपैयाँ थियो।

कम्पनीको आम्दानी ६.८२ प्रतिशतले घटेर रूपैयाँ २५ अर्ब ४८ करोड रहेकाे छ। वित्तीय आम्दानी ८.९० प्रतिशतले घटेको छ । कुल आम्दानी ६.०३ प्रतिशतले र वित्तीय खर्च ६६.८२ प्रतिशतले घटेको देखिएकाे छ।

इपीएस अर्थात प्रतिशेयर आम्दानी १ रुपैयाँ ३५ पैसा बढेर ४१ रुपैयाँ ४४ पैसा भएकाे छ। नेटवर्थ ५१२ रुपैयाँ ९९ पैसा र मूल्य आम्दानी रेसियाे २०.१३ गुणा रहेको छ। कम्पनीको चुक्ता पूँजी रूपैयाँ १८ अर्ब रहेकाे छ भने जगेडा कोषमा रूपैयाँ ७४ अर्ब ३३ करोड ८६ लाख रहेकाे छ।