आम्दानीमा सुधार आएपछि सिटि होटलको नोक्सानी घट्यो

-



     सफल आवाज    
     वैशाख ३१ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ३१ वैशाख । आम्दानीमा सुधार आएपछि सिटि होटलको नोक्सानी घटेकाे छ । हाेटलद्वारा सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गएकाे वर्षको सोही अवधिकोभन्दा हाल नोक्सानी घटेको देखिएकाे छ।

चालु आर्थिक वर्षको चैतसम्ममा हाेटलले १५ करोड ३७ रूपैयाँ नोक्सानी व्यहोरेको छ। गएकाे आर्थिक वर्षको सोही अवधिमा रूपैयाँ २१ करोड ६१ लाख नोक्सानी भएकाे थियो।

वित्तीय विवरणका अनुसार होटलको आम्दानी बढेपछि नोक्सानी कम भएकाे हाे । होटलको सञ्चालन आम्दानी १३.१५ प्रतिशतले र कुल आम्दानी २२.९३ प्रतिशतले बढेको छ । कुल खर्च १७.७२ प्रतिशतले बढ्दा वित्तीय खर्च ३.११ प्रतिशतले घटेको छ।

होटलको इपीएस अर्थात प्रतिशेयर आम्दानी १२ रुपैयाँ २४ पैसा ऋणात्मक छ । नेटवर्थ ९४ रुपैयाँ ३६ पैसा रहेको छ। चुक्ता पूँजी रूपैयाँ १ अर्ब ६७ करोड ४० लाख रहेकाे छ । अन्य इक्विटी रूपैयाँ ९ करोड ४३ लाख ऋणात्मक रहेको छ।