नेप्से २४.३९ अंकले बढ्याे, ३ अर्ब ४० करोडको कारोबार

-



     सफल आवाज    
     वैशाख ३१ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३१ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक माहोल बनेको छ । नेप्सेले उकालोको यात्रा लय गर्दा लगानीकर्ताहरु उत्साही भएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.२३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.८३ अंकले बढेर ३५६.६५ विन्दुमा पुगेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । बाँकी रहेका ८ वटा उपसमूहहरुमा हरियो लागेको छ । कुल ३२० कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ९५ लाख ४१ हजार १७ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रुपैयाँ ९१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोमोटर सेयरको कारोबार भएको छ । सो सेयर रुपैयाँ ३० करोड ८० लाख बराबरको भएको छ ।

सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य बढेको छ । बैंकको सेयरमूूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिवाइसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ५.६५ प्रतिशतले घटेको छ ।