सेयर कारोबारकाे ब्रोकर कमिसन घट्याे, यस्ताे छ नयाँ दररेट

-



     सफल आवाज    
     जेठ १ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १ जेठ । नयाँ वर्ष २०८१ काे दाेश्राे महिनाकाे पहिलाे दिन आजबाट नयाँ ब्रोकर कमिशन दर लागू भएकाे छ । नेपाल धितोपत्र बोर्ड सेबाेनका अनुसार धितोपत्र व्यवसायी नियमावली, २०६४ को अनुसूची १४ मा हेरफेर गरिएपछि आजबाट नयाँ ब्रोकर कमिशन दर लागू भएकाे जनाइएकाे छ ।

अब संगठित संस्थाको सेयरकाे प्रत्येक पटककाे खरिद तथा बिक्रीमा धितोपत्र दलाली बापत लिने सेवा शुल्क ५० हजार रुपैयाँसम्मको कारोबार गर्दा ०.३६ प्रतिशत रहेकाे छ ।

रूपैयाँ ५० हजारभन्दा माथि रूपैयाँ ५ लाखसम्मको कारोबारमा गर्दा ०.३३ प्रतिशत रहेकाे छ भने ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३१ प्रतिशत रहेकाे छ । यस्तै २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.२७ प्रतिशत कमिशन लाग्ने भएकाे छ। रूपैयाँ १ करोडभन्दा माथिकाे कारोबारमा ०.२४ प्रतिशत कमशिन लाग्ने भएकाे छ।

अहिले रूपैयाँ ५० हजारसम्मको कारोबारमा ०.४० प्रतिशत रहेकाे छ । रूपैयाँ ५० हजारदेखि ५ लाख सम्मको कारोबारमा ०.३७ प्रतिशत तथा ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिशन तिर्दै आएकाकाे अवस्था रहेकाे छ ।

रूपैयाँ २० लाखदेखि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत तथा रूपैयाँ १ करोड माथिकाेमा ०.२७ प्रतिशत कमिशन शुल्क लाग्नेछ।