आज सुनमा रु ७ सयले गिरावट, चाँदीको भाउ बढ्यो

-



     सफल आवाज    
     जेठ १ गते २०८१ मा प्रकाशित



काठमाडौं, १ जेठ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन ताेलामा रुपैयाँ ७ सयले घटेको जनाएको छ । चाँदीमा भने रुपैयाँ २५ ले बृद्धि भएको छ ।

छापावाल सुनमा यसदिन रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख ३७ हजार ४ रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ३८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख ३६ हजार ७ सय ५० रुपैयँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख ३७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २५ ले बढेर तोलाको १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।