सरकारले नीति तथा कार्यक्रम ल्याएकै दिन नेप्से २०२७.५१ विन्दुमा उक्लियाे

-



     सफल आवाज    
     जेठ १ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १ जेठ । नेपाल सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरकै दिन तथा नयाँ ब्रोकर कमिशन दर लागू भएकै दिन सेयर बजारमा आज हरियाली छाएको छ ।

लामाे समयपछि सााताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा हरियाली छाउँदा लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.४३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.६० अंकले बढेर ३६०.२६ विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल ३२० वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ९८ लाख ५५ हजार २८५ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ८८ करोड ८ लाख ५३ हजार ६६४ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी सिलमिटेडको कारोबार भएको छ । कम्पनीको १५ करोड ८१ लाख २ हजार ७४४ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै हिमालय उर्जा विकास कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ४.६४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।