आज बढ्यो सुनचाँदीको भाउ, ताेलाको कति पर्छ ?

-



     सफल आवाज    
     जेठ २ गते २०८१ मा प्रकाशित



काठमाडौं, जेठ २ । साताको सुनचाँदीका कारोबार हुने बुधबार आज नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजार र चाँदीमा रुपैयाँ ५ बढेको जानकारी दिएको छ ।

छावाजाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ३६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएकाे थियो ।