प्रि ओपन सेसन : नेप्सेमा ३.३५ अंककाे बृद्धि

-



     सफल आवाज    
     जेठ २ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २ जेठ । साताकाे सेयर काराेबार हुने बुधबार चाैथाे दिन हाे । यसदिन नेपाल स्टक एक्सचेन्ज नेप्सेकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३.३५ अंकले बढेको छ।

मंगलबार नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा उक्लिएकाे थियाे । आजकाे प्रि ओपनमा नेप्से परिसूचक ३.३५ अंकले बढेर २०३०.८७ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.७४ अंकले बढेको छ।

आजकाे प्रि ओपन सेसनमा ४३ वटा कम्पनीकाे २ हजार ७४८ कित्ता सेयरकाे काराेबार भएकाे छ । यसबाट रूपैयाँ १७ लाख १ हजार ४७४ रुपैयाँ ८० पैसा बराबरको काराेबार भएकाे छ ।

काराेबार भएका कम्पनीहरूमा २९ वटाकाे सेयरमूल्य बढेको छ । १० वटाकाे मूल्य घटेको छ। बाँकी रहेका वटाकाे मूल्य स्थिर रहेको छ।