नेप्से ९.५४ अंकले घट्याे, ३ अर्ब ७० करोडको कारोबार

-



     सफल आवाज    
     जेठ २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ जेठ । सेयर बजारमा दोश्रो दिनमै करेक्सन भएको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार नकारात्मक देखिएको छ । नेप्सेमा भएको करेक्सनले लगानीकर्ताहरुको मनोबल घटेको छ ।

नेपाला स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा झरेको छ । नेप्सेमा ०.४७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.१७ अंकले घटेर ३५८.०९ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ । कुल ३१५ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ८४ लाख ९० हजार ७२२ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँ १७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी पिपुल्स पावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ११ करोड ८९ लाख ९५ हजार ३६४ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुरास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।