नेपाल पुनर्बीमा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     जेठ ३ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ३ जेठ । नेपाल पुनर्बीमा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ। साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि कम्पनीले आइतबार जेठ ६ गते बुकक्लोज गर्ने बताएकाे छ ।

साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि लगानीकर्ताहरूले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएकाहरू नै साधारण सभाम भाग लिन र लाभांश पाउन याेग्य हुनेछन् ।

नेपाल पुनर्बीमा कम्पनीकाे नवाैं साधारण सभा जेठ १७ गते बत्तीसपुतली काठमाडौंमा रहेकाे अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बाेलाइएकाे छ । साे सभा बिहान साढे ९ बजे बेालाइएकाे छ ।

सभामा ४.७५ प्रतिशत बोनस सेयर तथा त्यसकाे कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पेश भइ अनुमाेदन गरिनेछ ।

संस्थागत सामाजिक उत्तरदायित्वका लागि भएका खर्च पारित गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका एजेण्डा रहेका छन् । यस्तै संस्थागत लगानीकर्ताबाट सञ्चालक चयन गरिने लगायतका प्रस्ताव रहेका छन् ।