बिजनेस इन्टरेष्ट ग्रुपकाे बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

-



     सफल आवाज    
     जेठ ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ जेठ । बिजनेस इन्टरेष्ट ग्रुप अफ इण्डष्ट्रिजकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरिएकाे छ। ग्रुपले ४५ लाख कित्ता सेयर आइपीओ जारी गर्नका लागि कुमारी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेकाे हाे ।

कम्पनीका अनुसार प्रतिकित्ता १०० अंकित दरमा रूपैयाँ ४५ करोड बराबरको आइपीओ जारी गरिने भएकाे हाे । यसका लागि दुबै कम्पनीबीच सम्झाैता भएकाे छ । सम्झौतामा बिजनेश इन्टरेष्ट ग्रुपकाेतर्फबाट अध्यक्ष नवराज बुर्लाकोटी र कुमारी क्यापिटलकाेतर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।  

कम्पनीले हाइलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिज र पाँचतारे होटल लेमन ट्रि प्रिमियर बुढानिलकण्ठमा धेरै लगानी गरेकाे छ । ग्रुपले उद्योग, व्यापार, होटल तथा पर्यटन र अन्य क्षेत्रमा व्यापार, व्यवसायकाे सञ्चालन र विस्तारका लागि सातवटा सहायक कम्पनीहरूबाट काम गरिरहेकाे छ । 

कम्पनीले सुलभ मूल्यमा गुणस्तरीय सामग्री उपलव्ध गराउन गो मार्ट संचालन गरेकाे छ । जसकाे चितवन फुड्स इन्डष्ट्रिजमार्फत दाल, चामल, तेल, आटा र गेडागुडी लगायतका खाद्य सामग्रीको उत्पादन भइरहेकाे छ । 

मुना कृषि स्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि अनुसन्धान केन्द्र, खाद्य उद्योग स्थापना र सामुदायिक खेतीका लागि ६० बिघा जग्गामा काम गरिरहेको कम्पनीले जानकारी गराएकाे छ ।