सुनमा नयाँ रेकर्ड: तोलाको १ लाख ४० हजार पुग्याे

-



     सफल आवाज    
     जेठ ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ जेठ । सुनको भाउ बढेर नयाँ रेकर्ड कायम भएको छ । तोलाको १ लाख ४० हजार पुगेर अहिलेसम्मकै उच्च रेकर्ड कायम भएकाे हो ।

सााताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेर पुन नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १६ सय तथा चाँदीमा रुपैयाँ ६० ले बृद्धि भएको हो ।

छापावाल सुनमा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ४० हजार रूपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ३८ हजार ४ सय रुपैयामा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ६० ले बढेर तोलाको १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।