नेप्सेमा झिनो अंकको बृद्धि, ४ अर्ब २३ करोडको कारोबार

-



     सफल आवाज    
     जेठ ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ जेठ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा झिनो अंककासाथ सकारात्मक माहोल देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.०३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.२७ अंकले बढेर ३५८.३७ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटामा रातो लागेको छ । यसदिन कुल ३१५ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ८२ लाख ८२ हजार ५५६ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४०३ रुपैयाँ ७१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सिईिडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ । यसबाट कम्पनीको ४ करोड ३९ लाख ५ लाख ७ हजार ७३४ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै माण्डु हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ५.७६ प्रतिशतले घटेको छ ।