एकपटक बोल्न पाउनुपर्यो, त्यत्ति मागेको हो, यति घिन लाग्दो मिडिया ट्रायल ? गृहमन्त्री लामिछाने

- देउवासहितकाे फाइल खोल्न तयार भए समिति बन्छ, नत्र बन्दैन-सांसद झा

-



     सफल आवाज    
     जेठ ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ जेठ । उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले संसदमै आएर आरोप लगाउने अनि संसदमा बोल्नै नदिने नेपाली कांग्रेसको क्रियाकलापप्रति रोष प्रकट गरेका छन् ।

उनले आफुमाथि आरोपहरु लगाईरहेको र संसदीय छानविन समिति गठनको माग गरिरहेको कांग्रेसले अरुलाई संसदमा बोल्नै नदिएकोमा रोष प्रकट गर्दै एक पटक संसदमा बोल्न पाउनुपर्ने माग गरेका छन् ।

बिहिबार संसदमा बोल्नबाट रोक लगाइएपछि उनले सामाजिक संजालमा लेखेका छन्, एकपटक बोल्न पाउनुपर्यो । त्यत्ति मागेको हो । यति घिन लाग्दो मिडिया ट्रायल ? संसदमा बोल्न कांग्रेसले रोक लगाएपछि उनको यस्तो आक्रोस आएको हो ।

देउवासहित पदाधिकारीको फाइल खोल्न तयार भए समिति बन्छ नत्र बन्दैन

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अब संसदीय छानबिन समिति नबन्ने बताएका छन् । संसदबाट बाहिरीने क्रममा उनले पत्रकारहरुसंग कुराकानी गर्दै भने, हामीले सहमतिको लागि प्रयास गरेकै हौं तर अब छानबिन समिति बन्दैन । यदि समिति बन्छ भने कांग्रेसले आफ्ना पदाधिकारीको फाइल खोल्न तयार हुनुपर्छ ।

कांग्रेस सभापति शेर बहादुर देउवा, उनकी श्रीमती र छोराको पनि छानबिन गर्नुपर्छ झाले भने । पार्टी अध्यक्ष लामिछानेको गल्ति भेटिएमा रास्वपाका सबै सांसदहरुले राजिनामा दिएर राजनीति छाडिदिने ठोकुवा गरे । उनले भने, के कांग्रेसले यसो गर्न सक्छ ? यो हाम्रो चुनौनी हो ।

बिहिबार संसद अबरुद्ध गर्दै कांग्रेसका सांसदहरुले संसदभित्र होहल्ला र नारा लगाएका थिए । कांग्रेसको अवरोधपछि संसद बैठक शुक्रबार बिहान ११ बजे बस्नेगरि स्थगित भएको छ ।