शुक्रबार सुनमा रु ७ सयले गिरावट, चाँदी पनि घट्यो

-



     सफल आवाज    
     जेठ ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ जेठ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ७ सयले गिरावट भएको छ । चाँदीमा रुपैयाँ ५ ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।