लाभांश पारित गर्न आइएमई लाइफले डाक्याे एजिएम

-



     सफल आवाज    
     जेठ ४ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ४ जेठ । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्नका लागि साधारण सभा बाेलाएकाे छ । कम्पनीले गएकाे आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे ।

इन्स्योरेन्सकाे सातौँ साधारण सभा यही जेठ २८ गते आम्रपाली ब्याङ्कवेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि. भाटभटेनी, नक्साल, काठमाडौँमा पूर्वान्ह ११ वजे बोलाइएको छ ।

सभाबाट २५ प्रतिशतका दरले बोनस तथा कर प्रयोजनका लागि १.३१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रताव अनुमाेदन गरिनेछ । यस्तै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ ।

सभाले संस्थापक सेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्तिकाे अनुमोदन र सर्वसाधारणबाट १ जना सञ्चालक चयन गर्नेछ । साथै लेखापरीक्षककाे नियुक्ति लगायतका प्रस्तावहरु पनि पारित गरिने भएकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि जेठ १४ गते बुकक्लोज गर्ने जनाएकाे छ। लाभांस पाउन र साधारण सभामा भाग लिनका सेयरधनीहरूले जेठ १३ गतेसम्म नेप्सेमा सेयर कारोबार गरेर कायम भएकाे हुनुपर्नेछ ।