नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक, घरजग्गा कर्जामा सहजिकरणको व्यवस्था

-



     सफल आवाज    
     जेठ ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ जेठ । नेपाल राष्ट्र बैंकले घरजग्गा खरिद गर्न सहजिकरणको व्यवस्था लागु गरेको छ। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले घरजग्गा खरिद गर्न सहज व्यवस्था गरेको हाे ।

शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै जग्गा खरिदको लागि ऋण भुक्तानी आम्दानीको अनुपातमा सहज नीति लिएको छ ।

यो व्यवस्था लागु भएसगैँ ऋण लिएर घरजग्गा खरिद गर्नेहरुले आम्दानीको ७० प्रतिशतसम्म रकम बैंकको किस्ता भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन् । यो व्यवस्था लागू गर्नु अघि आम्दानीको ५० प्रतिशत मात्रै भुक्तानी गर्न पाइने व्यवस्था थियो ।

मौद्रिक नीति समीक्षामा  ‘घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानीको अनुपातलाई सहज गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने बताइको छ ।