कर्जा लगानी बढाउने गरी आयाे मौद्रिक नीतिको त्रैमासिक समीक्षा (पूर्णपाठ)

-



     सफल आवाज    
     जेठ ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ जेठ । राष्ट्र बैंकले कर्जा प्रवाह बढाउने नीति लिएको छ । बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत साे नीति लिएको हाे ।

बैंकले घरजग्गा खरिदमा आम्दानीको ७० प्रतिशत रकम बैंकको साँवा र ब्याज बुझाउन प्रयोग गर्न सक्ने जनाएको छ । यसअघि आम्दानीको ५० प्रतिशतसम्म भुक्तानी गर्न सकिने व्यवस्था थियो ।

बैंकले सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गरेकाे छ । यसअघि हायर पर्चेज कर्जाको जोखिम भार १२५ प्रतिशत रहेकाे थियो । 

अहिलेकाे समयमा बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह भएकाे छैन । मानिसहरू कर्जा लिन पनि संकाेच मानिरहेकाे अवस्था छ । यसकाे कारण अधिक तरलता रहेकाे छ ।

यहाँ छ, मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाकाे पूर्णपाठ :