सुनमा अर्काे नयाँ रेकर्ड, तोलाको १ लाख ४० हजार ९ सय

-



     सफल आवाज    
     जेठ ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ जेठ । साताको सुनचाँदीको काराबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर पुनः नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन ताेलामा एकैदिन आज रुपैयाँ १६ सयले बढेको जनाएको छ । चाँदीमा रुपैयाँ ११० ले बढेको छ ।

छापावाल सुनमा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ४० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ११० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय रुपैयाँमा काराबार भएको थियो ।