नेप्सेमा ४५.६९ अंककाे बृद्धि, ५ अर्ब २५ कराेडकाे काराेबार

-



     सफल आवाज    
     जेठ ६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ६ जेठ । साताको सेयर काराेबार हुने पहिलो दिन आज आइतबार नेपालि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेपाल राष्ट्र बैंककाे माैद्रिक नीतिकाे समिक्षापछि सेयर बजारमा देखिएकाे पहिलाे राैनक हाे ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा उक्लिएकाे छ। नेप्से परिसूचक २.२६ प्रतिशत बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.३९ अंकले बढेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर बजारमा लगानीका लागि सहज वातावरण बनाएपछि सेयर बजारमा राैनकता छाएकाे अनुमान गरिएकाे छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले एक वर्ष अवधि पुगेकाे लगानीबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेपछि सेयर बजार सकारात्मक लयमा फर्किएकाे हाे । यसअघिकाे व्यवस्थामा लगानीमध्ये प्राथमिक पूँजीको १ प्रतिशत मात्र बिक्री गर्न पाउने भनिएकाे थियो।

यसअघिका दिनहरूकाे तुलनामा काराेबारमा पनि बृद्धि भएकाे छ । यसदिन ३२३ कम्पनीहरूकाे सेयर काराेबार भएकाे छ । उनीहरूकाे १ करोड २२ लाख ४० हजार कित्ता सेयरकाे काराेबारबाट ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको काराेबार भएकाे छ ।

चारवटा कम्पनीहरूकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । उनीहरूमा आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्त रहेका छन् । सबैभन्रदा धेरै हिमालयन लघुवित्तको सेयरमूल्य बढेकाे छ । संस्थाकाे सेयरमूल्य ८ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा बढी सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकाे काराेबार भएकाे छ । कम्पनीकाे रूपैयाँ १४ करोड ८० लाख बराबरको काराेबार भएकाे छ ।

फस्ट माइक्रोफाइनान्सको साढे ११ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । तेश्राेमा हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार रकम ११ करोड बढी भएकाे छ।