आज अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

-



     सफल आवाज    
     जेठ ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोसहित अन्य केहिको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ४ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ६४ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ २९ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ७४ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३१ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूची