लाभांश पारित गर्न सन नेपाल लाइफले डाक्याे एजिएम

-



     सफल आवाज    
     जेठ ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ जेठ । लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नका लागि सन नेपाल लाइफ इन्स्याेरेन्सकाे साधारण सभा जेठ ९ गते बाेलाइएकाे छ ।

कम्पनीकाे साधारण सभा कालिकास्थान काठमाडौंमामा रहेकाे अमृतभोगमा बिहान १० बजे बाेलाइएकाे छ । सभाले गत आर्थिक वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.२५ प्रतिशत नगद लाभांशसहित २५.०५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नेछ ।

सभाबाट बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा १ः०.२७ काे रेसियाेमा हकप्रद सेयर खुलाउने प्रस्ताव पारित गरिनेछ । यस्तै आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानका बारेमा छलफल गरिनेछ । सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति तथा पारिश्रमिक ताेक्नेछ। 

कम्पनीले साधारण सभाकाे प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरेकाे थियाे । साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि सेयरधनीहरूले वैशाख २६ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । साथै लाभांश पाउन याेग्य मानिनेछन् ।