सुनको भाउमा फेरी नयाँ रेकर्ड, तोलाको १ लाख ४१ हजार ८ सय

-



     सफल आवाज    
     जेठ ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ जेठ । सुनचाँदीको भाउ बढ्ने क्रम रोकिएको छैन । आज फेरी सुनचाँदीको भाउ बढेर नयाँ रेकर्ड कायम भएको छ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचँदी बजारमा सुनचाँदीको भाउ बढेर सो नयाँ रेकर्ड कायम भएको हो ।

यसदिन छापावाल सुनमा रुपैयाँ ९ सयले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ ३० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ ।

छापावाल सुनमा रुपैयाँ ९ सयले बढेर तोलाको १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ९ सयले बढेर तोलाको १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ४० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ ३० ले बढेर तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।