बालेनकाे स्टाटस: ‘सिंहदरबार र नेताकाे घरकाे फाेहाेर उठ्दैन, को जुध्न आउने हो आए हुन्छ, कसैलाई छाडिन्न’

-



     सफल आवाज    
     जेठ ८ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ८ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले संङीय राजधानी काठमाडाैंकाे मुटुमा रहेकाे सिंहदरबारकाे फाेहाेर नउठाउने चेतावनी दिएका छन् ।

मेयर शाहले सबै राजनीतिक दलका पार्टी कार्यालयहरू र नेताहरूको घरबाट पनि फोहोर नउठाउने चेतावनी दिएका छन् ।

नेपाल प्रहरीले काठमाडाैंमा फोहोर बोक्ने गाडीका चालकहरूलाई पक्राउ गरेपछि रिसाएका मेयर बालेनले यस्ताे चेतावनी दिएका हुन् ।

मेयर शाहले सामाजिक संजालमा स्टाटस लेख्रदै फाेहाेर नउठाउने चेतावनी दिएका हुन् । उनले सवारी चालकहरूलाई रिहा नगरेसम्म फोहोर नउठाउने बताएका छन ।