सुन तोलामा रु १२ सयले घट्यो, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     जेठ ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ जेठ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ १२ सयले गिरावट भएको छ । चाँदीमा रुपैयाँ ५५ ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ १२ सयले घटेर तोलाको १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १२ सयले घटेर तोलाको १ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५५ ले गिरावट भई तोलाको १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सोतो धातु चाँदी तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।