नेप्से २३.९४ अंकले बढ्याे, ५ अर्ब २० करोडको कारोबार

- कारोबारमा पोखरा फाइनान्स अब्बल

-



     सफल आवाज    
     जेठ ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ जेठ । लगातार तेश्रो दिनपनि नेपाली सेयर उकालोको यात्रामा गएको छ । सेयर बजारमा सकारात्मक वातावरण माहोल देखिदा लगानीकर्ताहरुको मनोबल बढेको छ ।

साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा २३.९४ अंकको बृद्धि भएको छ । योसंगै नेप्से २११५.९४ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.१४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.५३ अंकले बढेर ३७७.६० विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन ३१७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब २० करोड ६२ लाख ८ हजार १११ रुपैयाँ ५६ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी पोखरा फाइनान्स लिमिटेडको कारोबार भएको छ । फाइनान्सको २४ करोड ६४ लाख ७१ ह्जार ५९४ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य घटेको छ । बैंकको सेयरमूल्य ४.२८ प्रतिशतले घटेको छ ।