आज अमेरिकी डलर र युरोको भाउ घट्यो, अन्यको कति ?

-



     सफल आवाज    
     जेठ ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर घटेको छ । युरोसहित अन्य केहिको भाउ पनि घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ र बिक्रिदर १ सय ३३ रुपैयाँ ६० पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ १६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६९ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ८८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४६ रुपैयाँ २३ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ८९ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ९८ रुपैयाँ ४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९९ रुपैयाँ २१ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूची