आशा लघुवित्त र सन नेपाल लाइफकाे एजिम आज

-



     सफल आवाज    
     जेठ ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ जेठ । आशा लघुवित्त र सन नेपाल लाइफ इन्स्याेरेन्सकाे साधारण सभा आज बसेकाे छ । सभामा आशा लघुवित्तकाे लाभांश वितरणकाे प्रस्ताव छैन । सन नेपाल लाइफकाे भने गएकाे वर्षको नाफाबाट २५.०५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पेश हुने बताइएकाे छ ।

आशा लघुवित्त

आशा लघुवित्तको वार्षिक साधारण सभा बनेपामा रहेकाे होटल उग्रचण्डीमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान लगायतका वित्तीय एजेण्डाहरूमा छलफल हुने भएकाे छ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति गरिने र पारिश्रमिक ताेकिने भएकाे छ । 

यस्तै सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारणबाट २ सहित ६ जना सञ्चालकहर चयन गर्नेछ । सभाले स्वतन्त्र सञ्चालकको नियुक्तिका बारेमा पनि निर्णय गर्नेछ ।

अन्य लघुवित्त वित्तीय संस्थाहरुसंगकाे मर्जरका लागि गरिने कार्यकाे अख्तियारी सञ्चालक समितिलाई अख्तियारी दिइनेछ । संस्थाले साधारण सभा प्रयोजनका लागि वैशाख २४ गते बुक क्लोज गरेकाे थियाे । सभामा ाग लिनका लागि सेयरधनीहरूले वैशाख २३ गतेसम्म नेप्सेमा सेयरकाे काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

सन नेपाल लाइफ इन्सुरेन्स

सन नेपाल लाइफ इन्स्याेरेन्स साधारण सभा कालिकास्थान काठमाडौंमा रहेकाे अमृतभोग केटरर्समा बिहान १० बजे डाकिएकाे छ । सभाले गएकाे वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांशसहित २५.५ प्रतिशत लाभांशकाे प्रस्ताव पेश गर्नेछ ।

सभामा १ः०.२७ रेसियाेमा हकप्रद सेयर जारी खुलाउने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान लगायतका वित्तीय एजेण्डाहरूमा छलफल हुने भएकाे छ । 

यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति गरिने र पारिश्रमिक ताेकिने भएकाे छ । साधारणा सभाकाे प्रयोजनका संस्थाले वैशाख २७ गते बुक क्लोज गरेकाे थियाे । वैशाख २६ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएका लगानीकर्ताले सभामा भाग लिन र लाभांश पाउनका लागि याेग्य मानिने छन् ।